सूर्य चिन्ह चाहिने भए बैठकमा आउनू’ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : January 16, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य चिह्न चाहिने भए बैठकमा आउनुपर्ने बताए । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत नेताहरु केन्द्रीय कमिटीमा नआएर अध्यक्ष र महासचिवलाई थाहा नदिई निर्वाचन आयोग गएको बताए ।

“चुनाव चिह्न किन चाहियो ? चिह्न दाबी गरेकोले एकपटक पनि चुनाव लडेको छैन । सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस् । उनले चुनावी गठबन्धन गर्दा नमानेकाले जनताले अर्कै चिह्नमा भोट हाल्नु परेको बताए ।