नेकपा फुटेर संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति हो,चुनावमा जान्छौं : पौडेल

  • प्रकाशित मिति : January 16, 2021
  • नेपाल ज्योति

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताए । संसद विघटनको विरोधमा भरतपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । उनले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको भन्दै उनले भने, ‘चुनाव चुनाव भन्न जरुरी छैन ।’आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनलेे भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला, भोलि नभए पर्सि होला ।’

कम्युनिस्ट पार्टी फुटेकाले संसद पुनर्स्थापना हुँदा पनि कांग्रेस नै निर्णायक शक्ति बन्ने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन सम्भावना रहेको भन्दै उनले भने, ‘चुनाव चुनाव भन्न जरुरी छैन ।’ न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे । पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । न्यायाधीशहरुको विश्वास गर्दै रहेको भन्दै उनले संविधान पढेर फैसला गरिदिन आग्रह गरे ।
उनले केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको भन्दै संसद पुनस्र्थापना अपरिहार्य रहेको बताएका हुन ।