काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने बताएका हुन् ।
आइतबार राजधानीमा आयोजित उपत्यकास्तरीय विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी ओली र प्रतिनिधिसभा विघटनविरुद्ध आक्रोशित ढंगले प्रस्तुत भएका प्रचण्डले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले युवा विद्यार्थीलाई अझ जुझारु र आक्रमक कार्यक्रम ल्याउनसमेत निर्देशन दिए । उनले देशलाई अध्यारो भड्खालोमा हालेको हेर्न नसक्ने प्रष्ट पारे ।