दैनिक ९ घन्टासम्म लोडसेडिङ तालिका सार्वजनिक

  • प्रकाशित मिति : January 18, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ। सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहनेछ। पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ।