रवि भवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

  • प्रकाशित मिति : January 18, 2021
  • नेपाल ज्योति

काठमाडौं । काठमाडौंको कालीमाटी स्थित रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार विद्युत्‌को तार सर्ट भएर अपार्टमेन्टमा आगलागी भएको हो । क्षतिको यकिन विवरण आउन बाँकी रहेको र आगलागी पनि नियन्त्रणमा आइसकेको छ ।