आफ्ना बिभिन्न निर्णय बोकेर प्रचण्ड- माधव पक्षका नेताहरु बालुवाटारमा

  • प्रकाशित मिति : January 18, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन । आफ्ना बिभिन्न निर्णय बोकेर नेताहरु प्रचण्ड माधव नेपाल पक्ष बालुवाटार पुगेको जनाईको छ । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पष्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो । जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर समेत स्पष्टीकरण माग गरिएको छ ।