काठमाण्डौ – सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यी प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी भईरहेको जनाएका छन। सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उनले बैशाख २७ गते प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचन गराउने जानकारी दिए।
सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा निष्पक्ष भएर प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन समेत दिए । पछिल्लो समय सडकमा उत्रिएको समुहले ननभेज आन्दोलन घोषणा गरेकाले त्यसलाई सजगतापूर्वक हेर्नुपर्नेमा प्रम ओलीले जोड दिए ।