भिरबाट लडेर वडा सदस्यको मृत्यु

  • प्रकाशित मिति : January 24, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- भिरबाट लडेर खोटाङ साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुँयालको मृत्यु भएको छ। रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो।

करिब ३०० मिटर तल खसेका वडासदस्य फुँयालको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए।