सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ

  • प्रकाशित मिति : January 24, 2021
  • नेपाल ज्योति

काठमाडौं- सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा छन् । कार्तिक २३ गते सामूहिक बलात्कार भएको भनी दुई जना युवतीले शुक्रबार दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

शर्माका साथीहरुले त्यहाँमध्ये एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई पालैपालो सामूहिक बलात्कार गरेको युवतीहरुको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले पोखरेलले बताए ।
निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्कीसमेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख गरेका छन् ।

घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।