काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले निकालिएको मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बृहत नागरिक आन्दोलनको आहृवानमा शमपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो ।
प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ । प्रतिनिधिसभा विघटनबिरुद्ध नागरिक अगुवाहरु केही सातादेखि निरन्तर आन्दोलनमा छन्।