काठमाण्डौ-भूमिगत विप्लप माओबादी नेता अमृत सागरले सामाजिक संजाल मार्फत एक स्टाटस लेख्दै पूर्व माओबादी नेता बालकृष्ण ढुंगेललाई नकटोको संज्ञा दिएका छन्। भूमिगतकालमा प्रचण्डका नजिक मानिएका ढुंगेल पछिल्लो राजनैतिक घट्ना क्रमसंगै नेकपाको समूह विभाजन पछि ओली खेमामा लागेका छन् । उनलाई व्यंग गर्दै माओबादी नेता अमृत सागरले सामाजिक संजालमा लेखेको भनाई जस्ताको तस्तै –

….बालकृष्ण ढुंगेल जि, तपाईंलाई प्रयोग गर्न कस्ले बाकी राख्यो??
सुरुमा केही समय पुष्कर गौतमले प्रयोग गरे, अनि तपाईंमा अलि स्तर उन्नति भएको घमण्ड आयो,
त्यसपछि पुष्पकमल दाहालले राम्रै सँग प्रयोग गरे, यति सम्म गरे कि, तपाईंको त्यो उन्मादले निर्दोष मान्छेको हत्या गर्न प्रेरित गर्नु भयो, तपाईंको प्रेरणा बाट हत्यारा भएका हरु तपाईंलाई सम्झिदै जेल जीवन बिताइ रहेका छन।
अनि तपाईं अलि गल्नु भयो,
त्यसपछि ठेकेदारहरु तपाईंको पछि लागे र तपाईंलाई कति सम्म प्रयोग गरे दुनियाँलाई थाहा छ,
फेरि तपाईंको जहाँ पनि, जसको लागिपनी अँखा मा अँखा जुधाएर बोल्ने स्वभाव, त्यसैले यस्तो पात्र दलालहरुको लागि अति उपयुक्त। यो कुरा पात्र र प्रवृति हेरेर नाफा निकाल्नेहरुले बुझ्नेनैभए, अनि तपाईंलाई अगाडि लगाएर ngo/ ingo को कार्यालय देखि मन्त्रीको ओछ्यान सम्म पुर्याएर र आफ्नो स्वार्थ पुर्ती गरे।
अनि तपाईंलाई थाहा रहेनछ।
यो देशको सबै भन्दा ठूलो हत्यारा तपाईं हो, तपाईंका अँखा राक्षसका जस्ता छन, तपाईंको अनुहार निर्दोष र निमुखा मानिसको खुन पिउने जस्तो छ, तपाईंको घमण्ड जसलाइ जतिवेला जहाँ पनि सिध्याउन सक्ने छ, नानिबाबु बुढाथोकी, तिर्थ सुवेदी लगाएत कालाकोट धारी हरुले यसै भन्थे।
अनि अहिले उहाँहरुकै भात खाएर, उहाँहरुकै गित गाउन लाग्नु भएको छ, यो पनि तपाईंको जिवनकाल लाई उपयोग नै गरिएको हो।
कति उपयोग हुने?? कति प्रयोग हुने??
तपाईंको व्याक्तित्व माथी टिप्पणी गर्दै गर्दा, तपाईं ओलि समुहमा लाग्नु भयो भनेर होइन, सिंगै प्रचण्ड सहित माओवादी पार्टी ओलि समुहमा विलय हुदा त केही आपत्ती भएन, तपाईं जाबो एउटा बालकृष्ण लाग्दा के नै हुन्छ र??
उमेरले तपाईं मेरो दाइ हो, दुख धेरै गर्नु भयो, दुख पाउनु भयो, दुख दिनेले पनि आज एउटै मञ्चमा बस्नु पर्छ भन्ने हेक्का रखेन, बुद्धि र विवेक नभएका अपराधी हरुको नजरमा पर्नु भयो, म दुखी पनि हुन्छु।
तपाईं निजि स्वतन्त्रता खोज्दै ओलि समुहमा पुग्नु भयो, म सामुहिक स्वतन्त्रता खोज्दै विप्लव सँग छु।
कुरा यति हो, एउटा व्यक्तिलाई जसले जतिबेला जहाँ पायो त्यही प्रयोग गर्नु दलाल पुजिबादको चरीत्र हो, हाम्रो भाषामा त्यस्तो पात्रलाइ नकटो भनिन्छ!
तपाईं पछिल्लो जेल बसाइ मुक्त भएपछि, भोलिपल्ट तपाईंको घरमा गएर भेटेको थिए, त्यसपछि हाम्रो भेट भएन, तपाईं जुन राजनितिक सिरियलको पात्र हुनुहुन्छ र म जहाछु यो अवस्थामा भेट पनि नहोस्। तपाईंले मलाइ चिनाएको भुवन श्रेष्ठ उज्ज्वल र अहिले तपाईं बालकृष्ण ढुंगेलमा के फरक छ र??
यद्यपि, तपाईंको जीवन स्वस्थ र राजनीतिक यात्रा सफलताको कामना गर्छु।।।
-सम्पादन नगरिएको-