श्रीमती गर्भवती भएपछि ‘द कपिल शर्मा सो’ बन्द गर्दै कपिल

  • प्रकाशित मिति : January 29, 2021
  • नेपाल ज्योति

काठमाडौं-कमेडी किंग कपिल शर्माले श्रीमती गर्भवती भएको कारण देखाउदै चर्चित कमेडी सो ‘द कपिल शर्मा सो’ बन्द गर्न लागेको जानकारी दिएका छन् ।

श्रीमतीको दोस्रो पटकको गर्भावस्थामा श्रीमतीसँग समय बिताउन र हेरचाह गर्नको लागि सो बन्द गर्न लागेको टुईटरमार्फत जानकारी दिएका हुन् ।

यसअघि सो बन्द गर्ने जानकारी दिएपछि कारण भने खुलाएका थिएनन् । सामाजिक सञ्जाल टुईटरमा एक युजरको तपाई सो किन बन्द गर्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै शर्माले भने मलाई मेरो दोस्रो बच्चाको स्वागत र श्रीमतीसँग घरमा समय बिताउनको लागि हो ।

यो टुईट बाहिर आएसँगै शर्मालाई बधाईको ओइरो आउन थालेको छ । अर्का टुईटर प्रयोगकर्ताले सोधे कपिल अनायराको लागि भाई वा बहिनी के चाहानुहुन्छ । यसको जवाफमा कपिलले भने जवाफमा भने छोरा हो वा छोरी तर स्वस्थ हुनुपर्छ ।

उनले २०१८ डिसेम्बरमा गर्लफ्रेन्ड गिनी चतरथसँग विवाह गरेका थिए । उनीहरुको अनायरा नाम गरेकी एक छोरी छन् ।