प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाए- नवीन्द्रराज जोशी

  • प्रकाशित मिति : January 29, 2021
  • नेपाल ज्योति

काठमाडौं-शहिद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा धर्ना दिइएको छ ।

‘ शहिदहरुको बलिदानको सम्मान, लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि’ भन्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

धर्नामा सहभागीहरुले शोभाभगवतीमा रहेको सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा फूलमाला लगाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

धर्नामा नेपाली कांग्रेसका नेता–कार्यकर्ता सहभागी थिए । धर्नामा कांग्रेसका नेता नवीन्द्रराज जोशीले ओलीको नेतृत्वमा सरकार बनेदेखि नै शहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको बताए ।

त्यस्तै उनले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको आरोप लगाए ।