एजेन्सी-चीनले बालबालिकाहरूलाई ‘अनलाइन गेम’को लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था चीनले गर्ने भएको हो ।
त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेल पाउने व्यवस्था हुने भएको छ ।
पछिल्लोपटक सार्वजनिक गरिएको सरकारी निर्देशनमा अनलाईन गेममा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ । जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २ सय युआनसम्म खर्च गर्न पाउने छन् । भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरबारे चीनमा चिन्ता प्रकट हुँदै आएको छ ।