मौसम: प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना

  • प्रकाशित मिति : January 31, 2021
  • नेपाल ज्योति

काठमाडौं -हाल देशको पहाडी भु-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु-भागहरुमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज प्रदेश नम्बर १ को पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना पनि छ ।

माघ १८ गते आईतबारको मौसम पूर्वानुमान यस्ताे छ

दिउँसो: प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

रातीदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।