प्रधानमन्त्री ओलीकाे दिनगन्ति सुरु भइसक्याे- झलनाथ खनाल

  • प्रकाशित मिति : January 31, 2021
  • नेपाल ज्योति

काठमाण्डौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद् पुर्नस्थापनाको विकल्प नभएको पनि बताएका छन ।

आइतबार दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन ।

नेता खनालले भने ‘प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको छ । अब सरकार पाकेको फलझै झर्छ ।’