नियम कानुन नमान्नेहरु लामो समय टिक्दैनन- मिनेन्द्र रिजाल

  • प्रकाशित मिति : January 31, 2021
  • नेपाल ज्योति

काठमाडौं -नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताएका छन ।

पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उनले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताएका हुन ।

आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको उल्लेख गर्दै सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको बताए । अहिले संविधान नै ठिक ठाँउमा नराखेको भन्दै उनले चूनावको कुनै अर्थ नहुने बताए । रिजालले संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा कांग्रेस चुनावमा जाने जानकारी दिए ।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताए ।