म्यानमारमा सैनिक ‘कू’,एक वर्ष संकटकालको घोषणा

  • प्रकाशित मिति : February 1, 2021
  • नेपाल ज्योति

काठमाडौं-म्यानमारमा सैनिक ‘कू’ भएको छ ।

म्यानमार सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

अहिले सडकमा सेना परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।