प्रचण्डविरूद्ध पनि सर्वोच्चमा अपहेलना मुद्दा

  • प्रकाशित मिति : February 1, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।