संवैधानिक नियुक्ति रोक्न सर्वोच्चमा रिट निवेदन

  • प्रकाशित मिति : February 2, 2021
  • नेपाल ज्योति

काठमाडौं- सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट परेको छ । संवैधानिक परिषद्ले गरेका नियुक्ति रोक्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन हालेका छन् ।

त्रिपाठीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट निवेदन पेस गरेका हुन् । बिाहन ११ बजेनै निवेदन पेस भएको र अहिले दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताएका छन ।

रिट निवेदनमा त्रिपाठीले विभिन्न ११ वटा आयोगमा संविधानविपरित संसदलाई छलेर नियुक्त गर्न लागिएका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति बदरभागी भएको भन्दै उक्त नियुक्ति रोक्नको लागि रिट निवेदन दिएका हुन् ।