वैशाख १७ र २७ मा चुनाव सम्पन्न गरि जेठ १५ मा बजेट ल्याइने : ओली

  • प्रकाशित मिति : February 2, 2021
  • नेपाल ज्योति
नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने र जेठ १५ गते बजेट ल्याउने घोषणा गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्रीसँग खेलकुद’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भने,’ वैशाख १७ र २७ मा चुनाव सकिन्छ, जेठ १५ मा बजेट आउँछ। खेलकुद क्षेत्रलाई समेट्ने गरी पर्याप्त मात्रामा बजेट छुट्याइन्छ।’

उनले नेपालको इतिहासमा नेपालीले कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव नभएको बताए। प्रधानमन्त्री ओलीले स्वर्ण पदक आफूलाई र काश्य र रजत पदक अरुलाई पार्नेगरी खेलकुदमा लाग्न खेलाडीलाई सुझाव दिए। खेलकुद क्षेत्रको विकास सम्पूर्ण क्षेत्रमा गर्नमा सरकार सकारात्मक रहेको उनले विश्वास दिलाए।  सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले खेलकूद क्षेत्रमा सरकार सहयोगीको भूमिकामा रहने समेत बताए। उनले भने,खेलकूद क्षेत्रमा सरकार सहयोगीको भूमिकामा रहन्छ,कामकै लागि बजेट छु्ट्यान्छ।’