रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

  • प्रकाशित मिति : February 3, 2021
  • नेपाल ज्योति

काठमाडौं- सत्तारुढ दल नेकपाको महिला संगठन अखिल नेपाल महिला संघ (ओली समूह)ले नेकपा प्रचण्डमाधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा गत माघ १६ गते गोरखाको एक कार्यक्रममा सम्बोधनको क्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रिक हया गरेको भन्दै संघले झाँक्रीलाई पक्राउ गर्न ज्ञापन पत्र बुझाएको हो ।

संघले राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चारित्रिक हत्या गर्दै लाञ्छना र गाली बेइज्जती गरेकाले उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेको संघकी नेतृ सुजिता शाक्यले बताइन् ।