जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेकपा केन्द्रीय सदस्य झा गम्भीर घाइते

  • प्रकाशित मिति : February 4, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेकपा प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहडतालको क्रममा जनकपुरमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीले प्रहरीको गाडी र सर्वसाधारण यात्रुमाथि आक्रमण गरेपछि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको छ ।

प्रहरी हस्तक्षेपमा परी प्रचण्ड-माधव पक्षीय केन्द्रीय सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन् । प्रहरीले झामाथि आक्रमण गरेर दमन गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

रिजालले प्रहरीले भीड पछाडि पचासौँ राउण्ड गोली चलाएको पनि दावी गरेका छन् । तर, प्रहरी चौकी जनकपुरधामले भने भीडले प्रहरी र सर्वसाधारणमाथि आक्रमणको प्रयास गरेकाले लखेटिएको तर गोली नचलाइएको जनाएको छ ।