काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताएका हुन् । आजको आमहड्ताल समग्रमा सफल भएको पनि प्रचण्ड–नेपाल समूहले दावी गरेको छ । प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा सो समूहले आज आमहड्ताल घोषणा गरेको हो।
प्रचण्ड–नेपाल पक्षको आमहड्ताल ५ बजेसम्म मात्रै
- प्रकाशित मिति : February 4, 2021
- नेपाल ज्योति
