बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप

  • प्रकाशित मिति : February 5, 2021
  • नेपाल ज्योति

काठमाडौं -सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थपेको छ ।

यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद आगामी असारसम्मका लागि थप गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश जारी गरेर म्याद थपेकी हुन् ।