सवारी लाइसेन्स लिन थप सहज, लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने

  • प्रकाशित मिति : February 7, 2021
  • नेपाल ज्योति

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा र्दिएर लाइसेन्स पाउने समयअवधि परिवर्तन गरेको हो । यसअघि लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो ।

विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल० पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको हो ।