काठमाण्डौं-राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेपालको पछिल्लो अबस्था बाँदरलाई हेर्न दिएको बगैचाकाे जस्तो भएको बताएका छन् ।
रेडियो काठमाण्डुसँगको कुराकानीमा विश्लेषक श्रेष्ठले नेपालको पछिल्लो राजनीतीक अवस्था नकारात्मक दिशा तर्फ अगाडी बढेको भन्दै नेपालको अहिलेको अबस्था बाँदरलाई हेर्न दिएको बगैचाको जस्तो भएको बताए ।
उनले भने “ नेपालको पछिल्लो राजनीतीक अवस्था नकारात्मक दिशा तर्फ अगाडी बढिरहेको छ । बाँदरलाई बगैचा स्याहार्न दिए पछि बगैचाको जे हाल हुन्छ नेपालको अहिले त्यही हाल भएको हो । गलत प्रवृति भएका नेतालाई नेतृत्वमा पुराउनु नै गलत थियो ।”
साथै नेकपाले ईतिहासमा कसैले प्राप्त नगरेको बहुमत प्राप्त गरेको भन्दै श्रेष्ठले बहुमत प्राप्त सरकारले पनि जनताको हितमा काम गर्न नसकेको बताए ।
गणतन्त्र, संघीयता, समाबेशीताको ओली सुरु देखि नै बिरोधी भएको भन्दै संघीयता, गणतन्त्र, संबिधानको कार्यन्वयनको जिम्मेवारी ओलीलाई दिनु नै गलत भएको विश्लेषक श्रेष्ठकाे भनाई छ।