काठमाण्डौ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् । पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए । यसअघि जसपा केन्द्रीय सदस्य एवं पूर्व सांसद डा शिवजी यादव नेकपा प्रवेश गरिसकेका छन् ।
जसपाका केन्द्रीय सदस्य नेकपा ओली समुहमा प्रवेश
- प्रकाशित मिति : February 12, 2021
- नेपाल ज्योति
