सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं : अध्यक्ष प्रचण्ड

  • प्रकाशित मिति : February 13, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका छन् ।

फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बोधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका हुन् ।

साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए । उनले भने, ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ ।’