छात्रालाई होटलमा लगेर परीक्षा लिने राष्ट्रिय माविका शिक्षक जेलचलान

  • प्रकाशित मिति : February 13, 2021
  • नेपाल ज्योति

पोखरा- छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् ।

गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पु¥याएर परीक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परीक्षा होटलमा लिन मिल्ने भन्दै मोटरसाइकलको पछाडि राखेर रुपाातालको एक होटलमा पु¥याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परीक्षा होटलमा लिएको बारे २ महिनापछि मात्र खुलासा भएको थियो ।

छात्रालाई होटलमा लगेर परीक्षा लिएको सार्वजनिक भएपछि माघ ५ गते अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालय प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र शिक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो ।