तीन दिन अघि काठमाडौंमा भएको विपक्षी समुह प्रचण्ड–माधव नेपालको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काएका छन् । उनले प्रचण्ड–नेपाल पक्षले संघिय राजधानी काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि उनिहरुको जनसहभागिता नदेखिएको दावी गरे । प्रम ओलीले प्रचण्डको नामै नलिइ भने, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उनले कार्यकर्तालाई हौसला दिंंदै भने `तपाईहरुले यसको जबाफ दिनु भएको छ, त्यसका लागि धन्यवाद´ ।
विपक्षी समुहलाई बुटवल आएर आमसभा हेर्न प्रम ओलीको चुनौती !
- प्रकाशित मिति : February 13, 2021
- नेपाल ज्योति
