दस वर्षे माओवादी जनयुद्धकालको प्रमुख कमाण्डर टोपबहादुर रायमाझीले तत्कालिन लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया हिनामिना भएको खुलासा गरेका छन् । रायमाझीले खुलासा गर्दै भने- शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो ? प्रचण्डलेे जिम्मा लिनुपर्छ ।
लडाकुको नाममा गरिएको रकम हिनामिनाको हिसाब प्रचण्डले दिनैपर्ने – मन्त्री रायमाझी
- प्रकाशित मिति : February 13, 2021
- नेपाल ज्योति
