आजदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइँदै

  • प्रकाशित मिति : February 14, 2021
  • नेपाल ज्योति

काठमाडौं – सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतमा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताए ।

उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताए ।

प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिए ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो। जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।