ललिता निवास प्रकरण : सर्वोच्च अदालतले दियो पुर्वप्रधानमन्त्रीद्वयकाे सन्दर्भमा प्रमाण झिकाउने आदेश

  • प्रकाशित मिति : February 14, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।

ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयमात्र गरेको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो ।