काठमाडौंमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

  • प्रकाशित मिति : February 15, 2021
  • नेपाल ज्योति

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज सामान्यतया मौसम बदली भएर केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।