देश अस्थिरतातिर जाने सम्भावना देखेर प्रतिनिधिसभा विघटन गरे- प्रधानमन्त्री

  • प्रकाशित मिति : February 15, 2021
  • नेपाल ज्योति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिरतातिर जाने सम्भावना देखेर प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

सोमबार सिंहदरबारबाट आफ्नो तीन वर्षको कामको समीक्षा गर्दै ओलीले पार्टीभित्रबाट आफूलाई असहयोग भएपछि प्रतिनिधिसभा विघटन गरिएको दावी गरे ।

जटिल परिस्थितिमा फेरि नागरिकमा जानुको विकल्प नभएकाले चुनावको घोषणा गरेको उनले बताए ।