चार पूर्वप्रधानन्यायाधीशहरुले बुझाए सर्वोच्चमा लिखित जवाफ

  • प्रकाशित मिति : February 15, 2021
  • नेपाल ज्योति

काठमाडौं । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्च अदालतमा पुगेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन् । उनीहरुले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो ।

सोही अनुरुप उनिहरु लिखित जवाफ पेश गर्न अदालत पुगेका हुन ।