काठमाडौँ- काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ । नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका हुन । अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो । अदालतका श्रेष्तदार भीमबहादुर निरौलाका अनुसार घटना भएको र थप अनुसन्धान भइरहेको बताए।
१४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएका छन् ।
घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।