डब्लुएचओद्वारा अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको खोपलाई स्वीकृति प्रदान

  • प्रकाशित मिति : February 16, 2021
  • नेपाल ज्योति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।
अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ ।