झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु !

  • प्रकाशित मिति : February 16, 2021
  • नेपाल ज्योति

झापाको भद्रपुरमा श्रीमानको ढुङ्गा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । भद्रपुर— ७ बुथकरण चिया बगानको १० नम्बर क्वाटरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउमाथि सोमबार साढे तीन बजेतिर ढुङ्गा प्रहार गरेका थिए ।

सोहि बगानमा कार्यरत मजदुर साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई कुटपिट गरी टाउकामा ढुङ्गा प्रहार गरेकाा हुन् । ढुङ्गा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजेतिर मृत्यु भएको जनाएको छ ।

उक्त घटनाका बारेमा स्थानीयले मंगलबार बिहान करिब साढे आठबजेतिर टेलिफोनमार्फत प्रहरीमा खवर गरेका हुन् ।