काठमाडौं- पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन । काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी गरेका थिए । प्रहरीले आगो निभाउन खोज्दा प्रहरी र बिद्यार्थीहरुबीच केही बेर धकेलाधकेल भएको थियो ।
स्थिति तनावपूर्ण बन्दा प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधानहरु केही बेर प्रभावित भएका थिए ।