प्रदेश २ का प्रमुख परियार पदमुक्त, झा नियुक्त

  • प्रकाशित मिति : February 19, 2021
  • नेपाल ज्योति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले परियालाई पदमुक्त गर्दै रौतहटका झालाई नियुक्त गरेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।

परियार तत्कालीन माओवादीका नेता थिए । पार्टीभित्र देखिएको विवादको असर प्रदेशमा पनि पर्न थालेको छ ।