प्रचण्ड–नेपाल समूह छाडेर शेरबहादुर दम्पती ओली पक्षमा फर्किए

  • प्रकाशित मिति : February 20, 2021
  • नेपाल ज्योति

काठमाडौं -पूर्वमन्त्री शेरबहादुर तामाङ पुनः नेकपा ओली समूहमा लागेका छन् । उनी पत्नी उषाकला राईसहित प्रचण्ड– नेपाल समूह छाडेर ओली पक्षमा लागेका हुन् ।

उषाकला राईले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको जानकारी दिइन् । “अब धेरै साथीहरू फर्कनुहुन्छ । हामीले पनि प्रचण्ड–माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,” उनले भनिन् । उनी प्रदेश १ की सांसद पनि हुन् । शेरबहादुर गत पुस ७ गते ओली पक्षले राखेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका थिए । दुई दिनपछि पुनः प्रचण्ड–माधवकुमार नेपाल समूहमै फर्किएका थिए ।