काठमाडौं – नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको शुक्रबार सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।
‘एक महिनाअघि उनी कोरना संक्रमित भएका थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाएका थियो’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘अचानक स्वास्थ्यमा समस्या आएपछि अचानक उनको निधन भएको छ ।’
गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सांसदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए ।
जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन् ।