निर्मलाको हत्यारालाई छिट्टै कठघरामा उभ्याउछौँ : गृहमन्त्री

  • प्रकाशित मिति : February 20, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जाको नजिक आइसकेको बताएका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पनि छिट्टै पक्राउ पर्ने बताए।

‘निर्मलाको हत्यारा, बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ’, उनले भने, ‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरमा उभ्याउनेछौँ।’

गृहमन्त्री थापाले कैलालीकी युवती भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई प्रधानमन्त्री ओलीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही उद्घोषबमोजिम आफूहरुले हत्यारालाई पक्राउ गर्न सफल भएको बताए।