म्यानमारमा निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएपछि आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

  • प्रकाशित मिति : February 21, 2021
  • नेपाल ज्योति

काठमाडौँ– म्यानमारमा निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएपछि आन्दोलन चर्किँदै गएको छ ।

आन्दोलन चर्किएपछि सैनिक नेतृत्व पनि कठोर बन्दै गएको छ । म्यानमारको दोस्रो ठूलो शहरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ । आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको र दुईजनाको मृत्यु भएको सरकारको दाबी रहेको छ । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।