सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुन्छ : मन्त्री भट्ट

  • प्रकाशित मिति : February 21, 2021
  • नेपाल ज्योति

कैलाली – उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् । आज कैलालीमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने बताएका हुन ।

उनले समय सिमाभित्रै निर्बाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए । उनले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नु परेको बताए । आफ्नै पार्टीबाट प्रधानमन्त्रीलाई असहयोग हुन थालेपछि बाध्यात्मक परिस्थितीमा बिघटन गर्नु परेको उनको भनाई छ ।