१० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय शिक्षक पक्राउ

  • प्रकाशित मिति : February 22, 2021
  • नेपाल ज्योति

डडेल्धुरा- बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ७२ वर्षीय शिक्षकलाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

विद्यालयले कक्षा दुईमा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी समक्ष उजूरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुवैको मेडिकल परीक्षणको काम भइरहेको बताएका छन ।

मेडिकल रिपोर्टका आधारमा कानुनी प्रकृया अघि बढाइने उनले बताएका छन ।