काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा नेपाली फिल्म प्रर्दशन गर्दै आइरहेको ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले चलचित्र ‘गोर्खे’को अष्ट्रेलियामा प्रर्दशनको राईट खरिद गरेको छ । ग्लोबल मिडियाको सिईओ हरि मल्ल ठकुरीले अष्ट्रेलियामा चलचित्र गोर्खे प्रर्दशन गर्ने अधिकार प्राप्त गरेको पुष्टि गरेको हुन् ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा ग्लोबल मिडिया र चलचित्र गोर्खेको निर्माण कम्पनी कोजु इन्टरटेनमेन्ट विच संझौतापत्रमा हस्ताक्षर भएको हो । ग्लोबल मिडियाका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी पनि अष्ट्रेलिया बस्दै आइरहेका छन् । नेपाली फिल्मको बजार अष्ट्रेलियामा निकै राम्रो बनाउने प्रयास गरिरहेको प्रबन्ध निर्देशक मल्लले बताए । उनले भने ‘आगामी दिनमा पनि अष्ट्रेलियामा सहित अन्य देशमा समेत चलचित्र प्रर्दशनको तयारी भइरहेको छ’ ।
कोरोना भाइरसका कारण विश्वभर चलचित्र क्षेत्रको लगानी धरापमा परिरहेको बेला ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरले भने महङ्गो मूल्यमा ग्लोवल राईट खरिद गरी सष्टा तथा निर्माता एवम टिमलाई थप राहत प्रदान गरेको हो । सामाजिक कथामा आधारित चलचित्र गोर्खे निर्माता हरि लामा, तिर्थ कोजु तथा हरि थापाको निर्माणमा बनेको हो । अर्जुन गुरुङ भंगेरि डन, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीकामा रहेका छन् । अञ्जली अधिकारी विशेष भूमीकामा रहेकि छिन् ।
यूट्यूवमा चर्चित गितहरु गाम भरि हल्ला भो भागम सानि भागम, गोर्खे लगायत चलचित्रमा रहेका छन् । पोखरा, पाल्पा तथा काठमाण्डौका रमाईलो दृष्यहरु चलचित्रमा देख्न सकिन्छ । काजी लिम्बुको कथा रहेको चलचित्र गोर्खेलाई किमत गौतमले निर्देशन गरेका छन् ।