पुर्व प्रहरी हवल्दारद्वारा ४८ वर्षिया स्थानिय महिलालाई मरणासन्न हुने गरि कुटपिट

  • प्रकाशित मिति : February 22, 2021
  • नेपाल ज्योति

सुनसरी-सुनसरीको कोशी गाउँपालिका वडा न. ५ मा सशस्त्र प्रहरीका रिटायर्ड ४० बर्षिया हवल्दारको कुटपिटबाट ४८ बर्षिया एक महिला मरणासन्न हुने गरि घाईते भएकी छिन ।
सशस्त्र प्रहरीका रिटायर्ड हवल्दार दुर्गानन्द यादवले सोही गाउँपालिकाकी ४८ बर्षिया महिला  देवकुमारी यादवलाई एक्कासि निहुुँ  खोजि मरणासन्न हुने गरि कुटपिट गरेकाे घाईते महिलाका छोरा सत्यनारायण यादवले जानकारी दिए ।

निज यादवले स्थानीय युुुवालाई विभिन्न लोभ लालच देखाई लागुऔषध  ओसारपसार गर्न वाध्य पार्ने गरेको स्थानियको आरोप रहेको छ  ।

निज पुर्व  हवल्दार अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते महिलाको अहिले इनरुवा स्थित एक अस्पतालमा उपचार भईरहेको छ । स्थानिय प्रशासन सँग आफ्नो भित्रि वलियो सम्बन्ध रहेेको ढाडस निज पिडकले दिनेे गरेक‍ो स्थानीयले बताएका  छन् ।